कैलाली / कैलालीमा गए राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा भजनी नगरपालिका-६ का माेटरसाइकल चालक २२ वर्षीय तारा चाैधरी रहेकाे कैलाली प्रहरीले जनाएकाे छ ।
आइतबार राती साेहि ठाउँ नवलपुरस्थित भित्री सडकखण्डमा सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटनामा परी चाैधरी गम्भीर घाइते भएका थिए ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो । राती उनको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएकाे छ ।











