सिलगढी / हालसम्म देशमा पश्चिमी वायुकाे सामान्य प्रभाव कायमै रहेकाे छ ।
आज (सोमबार) देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने भएकाे छ । दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ भने बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाकाे बुलेटिनमा उल्लेख छ ।











