सिलगढी / आज (शुक्रबार )सुदुरपश्चिम लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने भएकाे छ ।
हालसम्म देशमा पश्चिमी वायुका आंशिक प्रभाव कायम रहेकाले दिउँसो गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
हाल कोशी, गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
आज राती देशको सुदूर पश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने भएकाे छ । कर्णाली र सुदूर-पश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।











