डोटी, असार २९
डोटीको दिपायल सिलगढी नगरपालिकामा एक वृद्ध महिला मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका–३ स्थित आयुर्वेद अस्पताल नजिकैको सेती नदी किनारमा स्थानीय ७० वर्षीया ठगुली सुनार मृत अवस्थामा फेला परेकी हुन्।
मृतक दिपायल सिलगढी नगरपालिका–२ सुनार टोलकी बासिन्दा रहेको प्रहरीले जनाएको छ। आइतबार साँझ उनको शव सेती नदी किनारमा फेला परेपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक प्रक्रिया अघि बढाएको थियो।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।











