सुबास नेपाली
डाेटी, शिखर नगर पालिकाका महिलाहरूलाई बाख्रा बितरण गरिएको छ।
सम बिकास केन्द्र नेपाल अन्तरगत डि सि ए द्वारा संचालित गिफ्ट परियोजनाको सहयोग तथा शिखर नगरपालिका वडा नं १०को सहकार्यमा उक्त वडाको प्रगतिशील महिला समुहका ३५ जना महिलाहरुलाई जनही ४ बाख्रा गरि करिब २० लाख बराबरका १ सय ४०बाख्रा बितरण गरिएको गिफ्ट परियोजनाका कार्यक्रम संयोजक टेक बहादुर नेपालीले जानकारी दिनुभयो।
कार्यक्रममा २ वटा बीउ बोका समेत बितरण गरिएको कार्यक्रम संयोजक टेक बहादुर नेपालीले जानकारी दिनुभयो ।
समुहका महिलाहरुलाई बाख्रा हस्तान्तरण गर्दै सम बिकास केन्द्र नेपालका उपाध्यक्ष रश्मि गहतराजले समुदायमा रहेका दलित,एकल महिला बिपन्न परिवारको जिबिकोपार्जनमा सहज होस भन्ने उदेश्यले बाख्रा बितरण गरिएको बताउनुभयो ।
वडा कार्यालय ,समूह र संस्थाका प्रतिनिधि सम्मीलित खरिद समितिले विभिन्न बाख्रा फर्मको स्थलगत अनुगमन गरि बाख्रा खरिद गरेका कारण निरोगी बाख्रा बितरण गरिएको सम बिकास केन्द्र नेपालका संस्थापक सदस्य तथा गिफ्ट परियोजनाका फोकल पर्शन केसब परियारको भनाई रहेको छ।
बाख्रा प्राप्त गरे पछि समुहका महिलाहरू खुशी हुनुका साथै आफ्नो वडालाई बाख्रा पकेट क्षेत्रको रुपमा बिस्तार गर्ने उनिहरुको भनाई रहेको छ।
सम बिकास केन्द्र नेपालले जिल्लाला सशक्तीकरण , आय आर्जन ,जातिय विभेद ,लैंगिक विभेद ,हलिया मुक्ति लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ।











