सिलगढी / डोटीकाे आदर्श गाउँपालिका–३ मा जंगली भालुकाे आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
घाइते हुनेमा साेहि ठाउँ घट्टेखोलाकी २८ वर्षीया कमला आउजी रहेकाे जिल्ला प्रहरीले कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
मंगलबार घाँस काट्न जङ्गलमा गएका बेला बेलुका करिव ५ बजे उनलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय प्रहरी नायव उपरीक्षक( डिएसपी) निशान्त श्रीवास्तवले जानकारी दिएकाे छ ।
प्रहरीलेका अनुसार घाइते आउजीकाे दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचारपछि थप उपचारकारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएकाे जानकारी दिएकाे छ । घाइतेकाे अवस्था मध्यम खालकाे रहेको रहेकाे छ प्रहरीले जनाएकाे छ ।











