सिलगढी / राष्ट्रिय स्वतन्त्र पार्टी डाेटीले जिल्ला प्रशासन कार्यालय डाेटीलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ ।
मंगलबार सरकारी मालसामान लगायतका विविध कुरा उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी गाेपाल प्रसाद अर्याललाई ध्यानाकर्षण पत्र बुझाएकाे पार्टीले जानकारी दिएकाे छ ।
विभिन्न सरकारी कार्यालयहरूमा प्रयोग हुने जिन्सी सामानहरु जस्तै गाडी,कुर्ची ,सोफा,टेबल, बेन्च ईत्यादीलाई नेपाल सरकारको सार्वजनिक सम्पतिको रेखदेख तथा संरक्षणमा प्रशासनले जाेड दिनु पर्ने पत्रमा उल्लेख गरिएकाे छ ।
पुराना सरकारी भवनहरू भत्काउँदा भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयबाट अनुमति लिएर साे काम अघि बढाउनु पर्ने , सरकारी गाडिएको सदुपयोग गर्न, पालिका स्थरका बस मर्मत गरी सञ्चालनमा ल्याउन, सरकारी कार्यालयका सामानकाे बेवास्ता नगर्न लगायतका विषयमा पार्टीले आपत्ति जनाएकाे जिल्ला संयाेजक केशब बलाएले बताएका छन् ।
त्यस्तै राेडहरू खन्दा मानाेमानी ढंगबाट बाेटबिरूवामा क्षति पुग्ने गरेकाे, जिल्लाबाट आयातित र निर्यातीत सामानहरुको ओसारपसार , चोरी पैठारी जस्ता कुराहरुको विषेश अनुगमनमा जाेड, जिल्लाबाट अबैध काठ निर्यात नियन्त्रण, जनताको दैनिक जिवनसँग प्रतक्ष्य सरोकार राख्ने सरकारी निकायहरुलाई निगरानीमा राखेर अनुगमन गर्ने पर्ने लगायत जस्ता विषय ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ ।











