कैलाली / कैलालीकाे बर्दगोरिया गाउँपालिकाको बौनियाबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरिएकाे छ ।
साेमबार पक्राउ पनेमा बर्दगोरिया गाउँपालिका- १ का २० वर्षीय उमेश सुनार र – २ का २२ वर्षीय वीरेन्द्र सिंह रहेकाे इलाका प्रहरी कार्यालय, सुखडले जनाएकाे छ ।
उनीहरूको साथबाट २ सय मिलिग्राम लागुऔषध ९ ब्राउनसुगर समेत प्रहरीले बरामद गरेको छ। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।











