कञ्चनपुर/ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मध्यवर्ती सामुदायिक वनमा एक महिलाकाे शव फेला परेकाे छ ।
आज (साेमबार ) बिहान सोही ठाउँकी अन्दाजी ६० वर्षिया नन्दादेवी जोशीको शव फेला परेकाे कञ्चनपुर प्रहरीले जनाएकाे छ ।
जाेशी हिजाे(आइतबार ) साँझ वनमा घाँस काट्न गएकी थिइन् । उनी अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा आज बिहान मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
घटना शंकास्पद रहेकाले घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।











