सिलगढी / आज (साेमबार) देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने भएकाे छ ।
हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेकाले
आज दिउँसो देशको पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने भएकाे छ ।
त्यस्तै आगामी २४ घण्टामा देशको पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा रहेकाे जानकारी दिएकाे छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न माैसम पूर्वानुमान महाशाखाले बुलेटिनमा उल्लेख गरिएकाे छ । साथै दैनिक क्रमिक रुपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध पनि गरेकाे छ ।











