युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी/ आज मिति २०८० कार्तिक २० गते, साेमवार, ६ नाेभेम्बर २०२३। कार्तिक कृष्णपक्ष नवमी तिथि। तिष्य नक्षत्र, १२ः१६ बजेपछि अश्लेषा, १४ः४१ बजेपछि मघा। चन्द्रराशि कर्कट, १४ः४१ बजेपछि सिंह।

तपाईंको राशिफल

मेष
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ। नयाँ योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

वृष
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नदेखि भने आफन्तहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट लाभ उठाउन सकिनेछ।

मिथुन
समयमा होस नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्य धन लाभ हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ।

कर्कट
प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। अतिथिकाे आगमनले दिन रमाइलाे रहनेछ। पेसागत काममा त्यति समय दिन नसकिएला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। प्रयत्न गर्दा पछिसम्म लाभ हुने काम गर्न सकिनेछ। आजकै उपलब्धि भने कमजाेर देखिनेछ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला।

सिंह
खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।

कन्या
मिहिनेत गर्दा आयस्रोत फेला पर्नेछन्। नयाँ तथा नियमित काम सम्पादन गर्न सकिनेछ। व्यापार बढ्नेछ भने आम्दानी पनि मनग्य हुनेछ। तर मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च पनि बढाउनेछ। आलस्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ।

तुला
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

वृश्चिक
कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मध्याह्नपछि व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले काम पूरा हुनेछ।

धनु
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। मध्याह्नपछि सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। आजको मिहिनेतले भविष्यमा उपलब्धि दिलाउनेछ।

मकर
व्यवसायको सन्दर्भमा यात्राको अवसर जुट्नेछ। तर परिस्थिति अनुकूल रहे पनि भौतिक असुविधाले दुःख पाइनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। काममा परिवारजनको साथ जुट्नेछ। मध्याह्नदेखि स्वास्थ्य कमजोर रहननेछ। काम गर्न समय लाग्नेछ। तापनि सम्भावना खोजी गर्ने समय छ। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहाेला, लाभ उठाउन सकिनेछ।

कुम्भ
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। मध्याह्नदेखि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। आकर्षक उपहारले उत्साह जगाउनेछ। पहिलेका समस्या समाधान हुनेछन्। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।

मीन
प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउला। सहयोगीहरू पछि हट्नेछन् र व्यवसायमा कम मात्र फाइदा हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। प्रातिस्पर्धीलाई उछिन्दै आयस्रोत बढाउन सकिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउने समय छ। दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। विभिन्न अवसर पनि प्राप्त हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय