माेहन सिं ठकुल्ला
सिलगढी,
इजरायल प्यालेस्टाइन हमास समुहकाे आक्रमणमा परी मृत्युु भएका डाेटीका दुई जना विद्यार्थीकाे शव जिल्लामा पुर्याएकाे छ ।
जिल्लाकाे शिखर नगरपालिका -६ पचनालीका राजन फुलारा र आदर्श गाउँपालिका-५ का पदम थापाकाे शव आज (आइतबार) दिउँसाे २:४८ मिनेटमा दिपायल एर्पाेटमा पुगेकाे हाे । उक्त दुबै शव डाेटी पुगे संगै आबश्यक प्रकृया पुर्याई आफन्तकाे जिम्मा लगाइएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ । हिजाे शनिबार त्रिभुवन विमानस्थल काठमाण्डाै ल्याईएका उक्त दुई सव आज सुर्खेत हुँदै डाेटी पुर्याइ हाे ।
इजरायल हमास समूहकाे आक्रमणमा परि मृत्युु भएका विद्यार्थीहरूकाे शव ल्याउने कार्य नेपाल सरकार परराष्ट्र मन्त्रालयले जारी राखेकाे छ । उनीहरूकाे अक्टोबर ७ तारिखमा हमास समुहको आक्रमणमा परि मृत्युु भएकाे थियाे ।
राजन र पदम दुबै जना सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत क्याम्पसकाे कृषि संकाय तर्फ ‘ लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत इन्टर्नल सिपकाे लागि भाद्र महिनामा इजरायल पुगेका थिए । दुर्भाग्यवस उनिहरू दुबै जनाले इजरायलमा नै ज्यान गुमाए ।











