कैलाली / कैलालीको धनगढीमा प्रहरीमाथि कुटपिट गर्ने दुई जनालाई पक्राउ गरिएकाे छ ।
पक्राउ पर्नेमा खडक कुँवरसहितका दुई जना रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शनिबार राति धनगढीको राजपुर चोकमा मोटरसाइकल चेकजाँचका क्रममा सामान्य विवाद हुँदा डिउटीमा खटिएका प्रहरी सहायक निरीक्षक बहादुरसिंह ऐरीसहितका प्रहरीमाथि हातपात गर्दै कुटपिट गरेकाे प्रहरी स्राेतले जनाएकाे छ ।
कुटपिट गर्ने दुबै जनाले मदिरा सेवन गरेर प्रहरीमाथि कुटपिट गरेको अभियोग लागेकाे छ । उनीहरू दुबै जना खसीकाे कारोबार गर्दै आएका व्यापारी हुन ।
घटनाबारे थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।











