डोटी / डोटीको केआईसिंह गाउँपालिकामा पानी ठानेर एसिड पिउँदा एक जना व्यक्ति घाइते भएका छन्।
केआईसिंह गाउँपालिका–७, सलेनास्थित हिमाल रोजिन खोटो कम्पनीमा कार्यरत करिब ६० वर्षीय शशि राम पुन मगरले शुक्रबार राति पानी ठानेर एसिड पिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
एसिड पिएपछि उनको मुख, घाँटी र जिब्रोमा जलन भएको थियो। उनलाई बिहीबार बिहान साढे ९ बजे उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पताल पुर्याइएको जनाएकाे छ ।
शैलेश्वरी अस्पतालमा सामान्य उपचारपछि थप उपचार आवश्यक देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल धनगढी, कैलाली पठाइएको प्रहरीले जनाएको छ। अस्पतालमा खटिएका प्रहरी जवान नरेन्द्र विकले उनको अवस्था गम्भीर रहेको जानकारी प्रहरी कार्यालयलाई गराएका छन्।
पुन मगर रोल्पा सुनसरी गाउँपालिका–७ का बासिन्दा रहेको प्रहरीले जनाएको छ।











