भदौ ३०, डोटी । डोटीको जोरायलमा नुहाउने क्रममा ठुलीगाड खोलाले बगाएर बेपत्ता भएकी एक बालिका कैलालीमा मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय डाेटीकाअनुसार खोजीका क्रममा भदौ २९ गते साँझ करिब साढे ५ बजे कैलालीको चुरे गाउँपालिका–२ डौठे खोला किनारमा जोरायल गाउँपालिका ४ मत्सेकी ९/१० वर्षीया खिमा घर्ती मगरलाई मृत अवस्थामा फेला परेको जनाएको छ ।
घटनास्थलको आवश्यक अनुसन्धान तथा प्रक्रिया पूरा गरेपछि सोही दिन राति शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको छ ।
उनकाे शव अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
उनलाई भदौ २३ गते बिहान करिब ९ः२० बजे नुहाउने क्रममा ठुलीगाड खोलाले बगाएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।











