डोटी / सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका डोटीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका–४ मन्नाकपाडीका ३६ वर्षीय चन्द्रबहादुर मन्नी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्ला अदालत बाजुराले २०७५ मंसिर ११ गते सवारी ज्यान मुद्दामा मन्नीलाई ३ महिना २२ दिन कैद सजाय सुनाएको थियो। अदालतको फैसलापछि फरार रहेका उनलाई शुक्रबार दिपायल सिलगढी नगरपालिका–६ सिलगढी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका मन्नीलाई जिल्ला अदालत डोटीमा उपस्थित गराइएको र अदालतको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।











