डोटी, लगातारको वर्षाका कारण डोटीको सायल गाउँपालिकामा एक घर भत्किँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आज साेमवार सायल गाउँपालिका–४ डौडका देव नागरीको दुईतले, चारकोठे ढुङ्गा–माटोले बनेको र स्लेटले छाएको घरको बायाँतर्फको भाग वर्षाका कारण भत्किएको प्रहरीले जनाएको छ।
घरको केही भाग भत्किँदा घरभित्र रहेका अन्नपात, भाँडाकुँडा तथा लत्ताकपडा च्यापिएका छन्। घटनाबाट करिब दुई लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनामा मानवीय तथा चौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ।











