युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

दार्चुला , मदिरा सेवन गरी वडा कार्यालयमा पुगेर कर्मचारीहरूमाथि अभद्र तथा अश्लील व्यवहार गरेको आरोपमा दार्चुलामा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नौगाड गाउँपालिका–१ ईयरकोटका रोशन ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतका अनुसार ठगुन्नालाई आइतबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला सदरमुकाम ल्याइएको हो। वडा कार्यालयमा मदिरा सेवन गरी अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत शुक्रबार ठगुन्नाले वडा कार्यालयमा सामाजिक परिचालकका रूपमा कार्यरत कलावती ठगुन्नासँग विवाद गरेका थिए। कलावतीले ठगुन्ना मदिरा सेवन गरी आफ्नै छोरालाई कुटपिट गरिरहेको देखेपछि रोक्न खोज्दा विवाद भएको बताइएको छ।

त्यसपछि ठगुन्ना वडा कार्यालयमा प्रवेश गरी सामाजिक परिचालक कलावती ठगुन्ना, कार्यालय सहयोगी दानसिंह ठगुन्नालगायत कर्मचारीसँग विवाद गर्दै अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको हो। घटना शुक्रबार भए पनि भिडियो सार्वजनिक भएपछि मात्रै घटना बाहिर आएको प्रहरीले जनाएको छ।

प्रहरीले ठगुन्नालाई नियन्त्रणमा लिए पनि हालसम्म किटानी जाहेरी प्राप्त नभएको जनाएको छ। किटानी जाहेरी प्राप्त भएपछि कानुनी प्रक्रियाअनुसार थप अनुसन्धान अघि बढाइने प्रहरीको भनाइ छ।
यता, स्थानीयस्तरमा भने मदिरा सेवनका क्रममा घटना भएकाले कानुनी कारबाही अघि बढाउनुको सट्टा आपसी समझदारीमा घटना मिलाउनुपर्ने आवाजसमेत उठेको बताइएको छ। यद्यपि घटनाबारे प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय