युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी, नेपाली सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा कञ्चनपुरका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८, कलकत्ता घर भएका हरिश चन्द रहेका छन्।
कैलाली प्रहरीले चन्द लामो समयदेखि आफूलाई नेपाली सेनाको कर्मचारीका रूपमा चिनाउँदै जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुल्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।
बिहीबार इलाका प्रहरी कार्यालय चिसापानीकी प्रहरी निरीक्षक मीरा खड्काको नेतृत्वमा खटिएको टोलीले चन्दलाई पक्राउ गरेको हो। पछिल्लो पटक उनी दैलेखका दुर्गेश थापालाई नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार चन्दले थापाका भिनाजुमार्फत सम्पर्क गरी नेपाली सेनामा तालिमसमेत नगरी जागिर लगाइदिने आश्वासन दिएका थिए। त्यसपछि थापालाई कोहलपुरबाट कैलाली ल्याएर चिसापानीस्थित गोरुङ्गे ब्यारेकमा तालिमबिना नै जागिर लगाइदिने बताएका थिए।

थापासँगै चिसापानीस्थित एक होटलमा बसेका चन्द केही समयपछि सम्पर्कविहीन भएका थिए। आफू ठगीमा परेको थाहा पाएपछि थापाले इलाका प्रहरी कार्यालय चिसापानीमा जानकारी गराएका थिए।
प्रहरीका अनुसार त्यसपछि धनगढीमा बस्दै आएका चन्दलाई साथीभाइमार्फत फकाएर चिसापानी बोलाई पक्राउ गरिएको हो ।

अनुसन्धानका क्रममा चन्दले कैलालीको घोडाघोडीकी सुनिता चौधरीलाई समेत नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको खुलेको प्रहरीले जनाएको छ। चौधरीको उमेर २४ वर्ष पुगिसकेको र नेपाली सेनामा भर्नाका लागि उमेरका कारण योग्य नभए पनि चन्दले आफूले मिलाएर जागिर लगाइदिने भन्दै उनीबाट २ लाख ५० हजार रुपैयाँ लिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार गत असार ११ गते धनगढीस्थित मालपोत कार्यालयनजिकै चौधरी र चन्दबीच रकम लेनदेन भएको थियो। चौधरीको चिया–नास्ता पसलमा नियमित चिया पिउन जाने चन्दले आफूलाई ‘आफ्नै मान्छे’ भन्दै विश्वासमा पारी रकम लिएको बताइएको छ।

प्रहरीले चन्द नेपाली सेनामा कार्यरत नरहेको पुष्टि भएको जनाएको छ। उनी यसअघि पनि यस्तै प्रकृतिको ठगीमा संलग्न रहेको हुन सक्ने प्रहरीको आशंका छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले चन्दबाट ठगीमा परेका अन्य व्यक्ति भए प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको छ। चन्दविरुद्ध ठगीसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय