कैलाली, कैलालीमा अनटेस्ट मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–२ मोतीपुर चोकमा गएराति मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा लम्कीचुहा नगरपालिका–४ का दिलीप विक घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।











