डोटी, साउन २ – डोटीको दिपायल सिलगढी नगरपालिका–३ मठ नजिक सेती नदीमा एक महिलाको शव फेला परेको छ।
स्थानीयले नदीमा शव देखिएको जानकारी प्रहरीलाई गराएपछि प्रहरी नायब निरीक्षक डम्बर कठायतको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार सेती नदीको बीच भागमा महिलाको जस्तो देखिने शव उत्तानो अवस्थामा फेला परेको हो। मृतकको नाम, थर, ठेगाना तथा उमेर भने हालसम्म खुल्न सकेको छैन।











