डोटी, असार १६ – डोटीको जोरायल गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिला गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–५ निवासी ५६ वर्षीया तारादेवी कठायत आइतबार दिउँसो घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा करिब २०० मिटर तल भिरबाट खसेर घाइते भएकी हुन्।
दुर्घटनामा उनको टाउको र ढाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते कठायतलाई राति करिब १० बजे उपचारका लागि केयर टेकर अस्पताल, धनगढी लगिएको र उनको उपचार भइरहेको छ।
प्रहरीका अनुसार उनको अवस्था गम्भीर रहेको छ।











