युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी । बैतडीमा शुक्रबार भएको बस दुर्घटनामा परी भुमेश्वर माध्यमिक विद्यालय ठाँडका शिक्षक विरेन्द्रबहादुर चन्दको निधन भएको छ। दशरथचन्द नगरपालिका–६ सिमायल निवासी ३५ वर्षीय चन्दको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सुपप्र ०१–००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ पाटन नगरपालिका–४ शाहीलेक नजिक दुर्घटनामा परेको थियो। भुमेश्वर मावि ठाँडमा कार्यरत चन्द विद्यालयबाट घर फर्किने क्रममा बसमा सवार थिए।

विद्यालयका प्रधानाध्यापक लक्ष्मीदत्त भट्टका अनुसार विज्ञान शिक्षकका रूपमा कार्यरत चन्द २०७२ सालदेखि विद्यालयमा अध्यापनरत थिए। उनले विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालिसकेका थिए। उनको असामयिक निधनले विद्यालय तथा समग्र शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भट्टले बताए।

शिक्षक चन्दको निधनपछि विद्यालय परिवार, विद्यार्थी तथा उनको गृहगाउँ सिमायल शोकमा डुबेको छ। शुक्रबार दिनभर विद्यालयमा अध्यापनमा व्यस्त रहेका उनी साँझ घर फर्किने क्रममा दुर्घटनामा परेका थिए।

दुर्घटनामा अन्य १० जना घाइते भएका थिए। घाइतेमध्ये ९ जना उपचारपछि घर फर्किसकेका छन् भने एक जनाको धनगढीस्थित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार पाटन नगरपालिका–८ निवासी ३७ वर्षीय केशवसिंह महराले चलाएको बस अनियन्त्रित भई दुर्घटना भएको हो। चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय