युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्ष इन्द्राकुमारी बोहरासहित आठ जना तथा एक निर्माण व्यवसायीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार ठूलीगाड र कापडीगाड नदीको बगर क्षेत्रबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन गर्दा उठाउनुपर्ने राजस्व संकलन नगरी राज्यलाई आर्थिक हानी पुर्‍याएको आरोपमा मुद्दा दायर गरिएको हो।

उक्त प्रकरणमा तत्कालीन अध्यक्ष चन्द र उपाध्यक्ष बोहराविरुद्ध १४ लाख १० हजार २४० रुपैयाँ बिगो कायम गरिएको छ। यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकराज जैशी, लेखापाल युवराज भट्ट, शिक्षा अधिकृत विवेक देउवा, सबइन्जिनियर दानबहादुर पछेरा तथा भागीरथी निर्माण सेवा कैलालीका सञ्चालक पशुपति जोशी र अख्तियारप्राप्त व्यक्ति केशवबहादुर बमविरुद्ध पनि सोही रकम बराबरको बिगो तथा कैद सजायको माग गरिएको छ।
यसैगरी गाउँपालिकाले एक्स्काभेटर भाडामा दिने ठेक्काबाट उठ्नुपर्ने राजस्व संकलन नगरेको आरोपमा अध्यक्ष चन्द, उपाध्यक्ष बोहरा र निमित्त प्रमुख प्रशासकीय अधिकृत जैशीविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

सो मुद्दामा लेखापाल भट्ट, सबइन्जिनियर पछेरा, भागीरथी निर्माण सेवाका सञ्चालक जोशी तथा अख्तियारप्राप्त व्यक्ति बमविरुद्ध ४६ लाख ९५ हजार ६०० रुपैयाँ बिगो र कैद सजायको माग गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

दुवै मुद्दा जोड्दा अख्तियारले ६१ लाख ५ हजार ८४० रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा अभियोग दर्ता गरेको छ। आयोगले सार्वजनिक सम्पत्तिबाट उठ्नुपर्ने राजस्व संकलन नगरी राज्यलाई हानी पुर्‍याएको निष्कर्षसहित कानुनी कारबाही अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय