कैलाली / कैलाली प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका १४ जना प्रतिवादीलाई एकैदिन पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार फैसला कार्यान्वयन अभियानअन्तर्गत मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले आइतबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरू अदालतको फैसलाअनुसार कैद सजाय तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादी हुन्। उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
अदालतबाट सजाय तथा जरिवाना ठहर भई फरार रहेका व्यक्तिहरूको खोजी तथा पक्राउ अभियानलाई प्रहरीले निरन्तरता दिएको जनाएको छ।











