बैतडी । बैतडीको पाटन नगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।
पाटन नगरपालिका–८ निवासी ६८ वर्षीय जयसिंह महराको शव पाटन नगरपालिका–२ स्थित थलकुडा क्षेत्रको एक भिरमा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलको आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
महरा केही दिनअघि भैँसी खरिद गर्ने उद्देश्यले घरबाट निस्किएका थिए। त्यसपछि परिवारसँग सम्पर्कविहीन बनेका उनी घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए।
घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











