युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक नगरपालिका–४ क्षेत्रमा दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४१ वर्षीय नविन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुवै जनाको शनिबार बिहान सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

दुर्घटनामा चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ का २८ वर्षीय राजेन्द्र भिमराज चट्टान गुप्ता र सिराहाको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार शाह गम्भीर घाइते भएका छन्। उनीहरूको सुर्खेतमै उपचार भइरहेको छ।

त्यस्तै, स्याङ्जाको फेदीखोला नगरपालिका–४ का अर्जुनकुमार पौडेल घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय