युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी /महालेखापरीक्षकको कार्यालय को ६३औँ वार्षिक प्रतिवेदनले सुदूरपश्चिम प्रदेश का ८६ स्थानीय तहमा एक आर्थिक वर्षमै झण्डै दुई अर्ब रुपैयाँ बेरुजु थपिएको देखाएको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा ती स्थानीय तहले १ अर्ब ९६ करोड ६८ लाख रुपैयाँ बेरुजु गरेका छन्। एक खर्ब १५ अर्ब ५८ करोड ५२ लाख रुपैयाँको लेखापरीक्षण गर्दा म्याद नाघेको पेश्कीसहित उक्त बेरुजु फेला परेको हो।

महालेखापरीक्षकका अनुसार कुल बेरुजुमध्ये २३ करोड ७९ लाख रुपैयाँ पेश्की बेरुजु रहेको छ। लेखापरीक्षण गरिएको रकमको तुलनामा कुल बेरुजु १.७२ प्रतिशत र पेश्कीबाहेकको बेरुजु १.५० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

देशभरका ७२१ स्थानीय तहको लेखापरीक्षण गर्दा १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बेरुजु फेला परेको छ। त्यसमध्ये १ अर्ब ८४ करोड ५० लाख रुपैयाँ म्याद नाघेको पेश्की रहेको छ।

प्रतिवेदनले सुदूरपश्चिमका दुई स्थानीय तहसहित देशभरका ३२ स्थानीय तहले लेखापरीक्षण नै नगराएको पनि उल्लेख गरेको छ।

देशभरको बेरुजुमध्ये २ अर्ब १ करोड ३३ लाख रुपैयाँ असुल गर्नुपर्ने, १५ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नियमित गर्नुपर्ने तथा १ अर्ब ८४ करोड ५० लाख रुपैयाँ म्याद नाघेको पेश्की रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय