बाजुरा / बाजुराको बुढिनन्दा नगरपालिका–३ पानीपाटा क्षेत्रमा चट्याङ लागेपछि ढुङ्गा खस्दा एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा दोगडाबाडा निवासी ७३ वर्षीय नैन बुढा रहेका छन्। उनी जंगलमा बाख्रा चराएर घर फर्किने क्रममा अचानक मौसम बिग्रिएपछि पहाडमा परेको चट्याङका कारण ढुङ्गा खसेर गम्भीर घाइते भएका थिए।
टाउकोमा गम्भीर चोट लागेका उनलाई स्थानीयले उद्धार गरी अस्पताल लैजाँदै गर्दा आइतबार साँझ बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण सङ्कलन भइरहेको प्रहरीले जानकारी दिएको छ।











