कैलाली, कैलाली को लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीस्थित भित्री सडक खण्डमा झाडीबाट एक थान एयर गन पेस्तोल फेला परेको छ।
प्रहरीका अनुसार चन्द्र मौलेश्वर जाने सडक छेउमा रहेको झाडीमा वेवारिसे अवस्थामा उक्त पेस्तोल भेटिएको हो। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्की बाट खटिएको टोलीले हतियार बरामद गरेको जनाएको छ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पेस्तोल नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।











