युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा /बाजुराका अधिकांश किसानमा स्याउ खेतीप्रति आकर्षण बढ्दै गएको छ। गाउँबस्तीमा सडक सञ्जाल विस्तार भएसँगै उत्पादन गरिएको स्याउ देशका ठूला सहरसम्म पुग्न थालेपछि किसानको चासो बढेको हो।

पहिले सडक सुविधा अभावका कारण किसानहरू स्याउ खेतीतर्फ खासै आकर्षित थिएनन्। तर अहिले सडक पहुँच सहज भएसँगै उत्पादन बजारसम्म पुर्‍याउन सजिलो भएको छ।

बुढीनन्दा नगरपालिका–८ का कृषक चक्रबहादुर कठायतका अनुसार स्याउ खेतीले जीविकोपार्जनमा सकारात्मक परिवर्तन ल्याएको छ। “पहिला गाउँमा सडक थिएन, गाडी आउँदैनथ्यो। अहिले घरआँगनमै सवारी साधन पुग्ने भएपछि स्याउ बिक्री गर्न सहज भएको छ,” उनले बताए।

पहिले धान, गहुँ र जौजस्ता अन्नबाली लगाउने किसान अहिले स्याउ खेतीतर्फ आकर्षित भएका छन्। स्याउबाट राम्रो आम्दानी हुन थालेपछि धेरै किसानले अन्नबालीको ठाउँमा स्याउ रोप्न थालेका छन्।

जिल्लाका हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा र खप्तड छेडेदह क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको छ। तीमध्ये बडिमालिका नगरपालिका–९ र १० को पाण्डुसैन क्षेत्र स्याउ उत्पादनका लागि प्रमुख मानिन्छ।

पछिल्लो समय गौमुल, बडिमालिका र बुढीगङ्गा क्षेत्रमा स्याउ खेती थप विस्तार भइरहेको छ। बाजुरामा उत्पादन हुने अर्गानिक स्याउ अहिले देशका विभिन्न सहरमा बिक्री हुन थालेको छ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार जिल्लामा करिब १७० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ। ढुवानी अनुदानका कारण उत्पादन भएका स्याउ बजारसम्म पुर्‍याउन सहज भएको उनले बताए।

पहिले स्थानीय जातका स्याउ मात्र उत्पादन हुने बाजुरामा अहिले फुजी, गाला र गोल्डेन जातका स्याउसमेत उत्पादन हुन थालेका छन्। गत वर्ष करिब एक हजार २० मेट्रिक टन उत्पादन भएकोमध्ये झन्डै ६ सय मेट्रिक टन स्याउ विभिन्न सहरमा बिक्री गरिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय