कैलाली/कञ्चनपुर / कैलाली र कञ्चनपुरका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत कैलालीको फैसलाअनुसार वन पैदावार मुद्दामा १५ दिन कैद सजाय र २८ हजार ५४१ रुपैयाँ जरिवाना तोकिएका कैलारी गाउँपालिका–६ का ४४ वर्षीय तिर्थराज चौधरी पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय बहुलिया बाट खटिएको टोलीले सोमबार धनगढी उपमहानगरपालिका–१९ बाट नियन्त्रणमा लिएको जनाएको छ।
त्यसैगरी जिल्ला अदालत कञ्चनपुरको २०८२ कात्तिक २७ गतेको फैसलाअनुसार चोरी मुद्दामा ४ महिना कैद सजाय र ३ हजार रुपैयाँ जरिवाना तोकिएका भीमदत्त नगरपालिका–१० गञ्जरका २५ वर्षीय गोबिन्द दमाई पनि पक्राउ परेका छन्। उनलाई प्रहरी चौकी जिमुवा बाट खटिएको प्रहरी टोलीले सोमबार उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।











