कैलाली, टिकापुर — टिकापुर नगरपालिका–१ नयाँ टिकापुरस्थित एक खाजा–नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार ४३ वर्षीय लालबहादुर थापाले सञ्चालन गरेको पसलभित्र शनिबार बेलुकी जुवातास खेलिरहेको अवस्थामा उनलाईसहित अन्य ८ जनालाई नियन्त्रणमा लिइएको हो।
जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट नगद ७७ हजार ७३५ रुपैयाँ र ३ गड्डी तास बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











