कैलाली / कैलाली मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ३५ वर्षीय रमेश शाहीलाई उपचारका लागि टिकापुर अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
जिल्लाको टीकापुर नगरपालिका–१ स्थित बन कार्यालय नजिक डुडेझारी सडक खण्डमा बिहीबार राति सु.प.प्र.०१–००९ प ६७७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ











