काठमाडौँ/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन्।
प्रहरीका अनुसार बलात्कारसम्बन्धी आरोपमा उनलाई शनिबार सातदोबाटो क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। होबिन्द्र बोगटी ले दिएको जानकारीअनुसार मल्लविरुद्ध यसअघि नै जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दर्ता भएको थियो।
मुगु घर भएका मल्लविरुद्ध एक युवतीले ललितपुरस्थित बालकुमारीको एक होटलमा आफूलाई बलात्कार गरिएको आरोप लगाएकी छन्। प्रारम्भमा पीडितले भ्रूणहत्यासम्बन्धी उजुरी दिए पनि पछि बलात्कारको जाहेरी दर्ता गराएकी थिइन्।
पीडित महिला कालिकोटकी स्थानीय रहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











