युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी/  जल तथा मौसम विज्ञान विभागले शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ। विशेषगरी लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागले आज बिहान जारी गरेको सूचनाअनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा सामान्य बदली रहेको छ। यीमध्ये सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको जनाइएको छ।

शुक्रबार दिउँसोदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी प्रदेशका दाङ, नेपालगञ्ज आसपासका तराई क्षेत्र तथा शनिबार कोशी प्रदेशका विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ। हावाहुरीको गति करिब ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम बदलीसँगै आउने जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार हावाहुरीका कारण रुख ढल्ने, घरका छाना उड्ने, कमजोर संरचनामा क्षति पुग्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने खतरा रहेको छ।

प्राधिकरणले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, हावाहुरीका बेला सुरक्षित स्थानमा बस्न, झ्यालढोका मजबुत रूपमा बन्द गर्न तथा सवारी चलाइरहेका बेला सुरक्षित स्थानमा रोकेर बस्न आग्रह गरेको छ। साथै अग्ला रुख, बिजुलीका पोल तथा तार नजिक नबस्न र जोखिमयुक्त स्थानबाट टाढा रहन समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय