कैलाली,
कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्व लम्कीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहीबार साँझ सोही स्थानमा ५२ वर्षीय कालुराम जैशी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
जैशी लम्कीचुहा नगरपालिका–३ का बासिन्दा रहेको बताइएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाएको छ।
मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











