सिलगढी /डोटीको दीपायल–सिलगढी नगरपालिका–७ कुन्जेडीमा बोलेरो जिप दुर्घटना हुँदा चालक घाइते भएका छन्।
दुर्घटनामा परी घाइते हुनेमा जिप चालक दिपायल सिलगढी नगरपालिका ७ का स्थानीय करिब ४० वर्षीय दलबहादुर कुन्जेडा रहेका छन् । उनको ढाडमा चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको डाेटी प्रहरीले जनाएको छ। घाइतेको अवस्था मध्यम रहेको बताइएको छ।
आइतबार साँझ करिब ५:४५ बजे दिपायल सिलगढी ७ काे भित्री कच्ची सडक खण्डमा यात्रुुलाई पुर्याइ सिलगढीबाट कुन्जेडीतर्फ जाँदै गरेको से.१ ज ३७६ नम्बरको खाली बोलेरो जिप उकालोमा ब्याक हुन गई सडकबाट करिब २५० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको डाेटी प्रहरी प्रहरीकाे भनाइ छ ।











