बैतडी
बैतडीको सिगास गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बिहीबार बिहान सिगास गाउँपालिका–७ सल्याडीमा बस्दै आएकी ३२ वर्षीया सरस्वती रावल भीरबाट लड्दा ज्यान गएको स्थानीयले बताएका छन्।
रावल मूलतः बझाङको बित्थडचीर गाउँपालिका–९ भतडा स्थायी घर भएकी थिइन्। हाल उनी आफ्ना श्रीमान् मुकेश रावलसँग सल्याडीमा बस्दै आएकी थिइन्।
स्थानीयका अनुसार घर नजिकै रहेको भीरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे जानकारी पाएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











