सिलगढी,
डोटीको सायल गाउँपालिका–२ ग्वानीमा माटोको ढिस्कोले पुरिँदा एक बालिकाको मृत्यु भएको छ । आज मंगलबार बिहान स्थानीय शेरबहादुर सिंहकी करिब १५/१६ वर्षीया छोरी एलिना सिंह घर पोत्नका लागि माटो खन्न गएकी थिइन् । सोही क्रममा माथिबाट माटोको ढिस्को खस्दा उनी पुरिएर मृत्यु भएकाे प्रहरीकाे भनाइ छ ।
स्थानीयवासीले उनलाई तत्काल निकाल्ने प्रयास गरे पनि घटनास्थलमै मृत अवस्थामा फेला परेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीबाट थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा अपराध अनुसन्धान टोलीसहित चार जना प्रहरी कर्मचारी घटनास्थल पुगेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।











