सिलगढी, फागुन २३
डोटी जिल्लामा सम्पन्न प्रतिनिधिसभा निर्वाचन ( २०८२) को मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार भरतबहादुर खड्का प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार खड्काले १४,८९७ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दीपकबहादुर धामीलाई पराजित गरेका हुन्। धामीले १४,११० मत प्राप्त गरेका छन्। खड्काले धामीलाई ७८७ मतान्तरले पराजित गरेका हुन्।
मतगणनाको अन्तिम परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्रबहादुर खड्काले १३,२७० मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका त्रिलोचन भट्टले ५,४१३ मत पाएका छन्। अन्य उम्मेदवारहरूमा राष्ट्रिय जनमोर्चाका मणिराज भट्टले ४०१ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका खडकबहादुर अग्रवालले ५९४ मत, नेपाल कम्युनिस्ट (माओवादी) का प्रकाश कठायतले ३८२ मत प्राप्त गरेका छन्।
यसैगरी मितेरी पार्टी नेपालकी सरस्वती कुमारी पाल (मल्ल) ले ४१ मत र नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाहीले ३१ मत प्राप्त गरेका छन्। कुल ५१,३७० मत गणना हुँदा २,९२० मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।
खसेकाे मत मध्ये २९७४ मत बदर भएको छ ।
यस निर्वाचन क्षेत्रमा जम्मा एक लाख २८ हजार ३९९ मतदाता रहेकोमा ४० दशमलव ६१ प्रतिशत अर्थात् ५२ हजार १४२ मत खसेको थियो ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना प्रक्रिया पनि व्यवस्थित ढंगले सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ











