अछाम । अछाममा मतगणनाका क्रममा अनौठो घटना देखिएको छ । जिल्लाको क्षेत्र नम्बर–२ अन्तर्गत मङ्गलसेन नगरपालिकाका वडा नम्बर ८, ९, १० र ११ का मतपत्र गणना गर्दा एउटा मतपत्रभित्र कण्डम टासिएको अवस्थामा फेला परेको हो।
मतगणना स्थलमा खोलिएको उक्त मतपत्रमा सुपर ग्लु प्रयोग गरेर कण्डम टाँसिएको पाइएको थियो। तर, सो मतपत्रमा कुनै पनि चुनाव चिन्हमा छाप लगाइएको थिएन।
निर्वाचन अधिकृतका अनुसार उक्त मतपत्रलाई बदर गरिएको छ।
उल्लेखित चार वडाबाट जम्मा १ हजार २०७ मत खसेका थिए। मतगणना भने नियमित रूपमा जारी रहेको बताइएको छ।











