युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

एजेन्सी
मध्यपूर्वमा चर्किँदै गएको सैन्य द्वन्द्वले सोमबार विश्व अर्थतन्त्रमा हलचल मच्चाएको छ। युद्धको जोखिम बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकस्मिक रूपमा उकालो लागेको छ भने लगानीकर्ताहरू सुरक्षित आश्रयका रूपमा सुन र सरकारी बण्डतर्फ आकर्षित भएका छन्।

अन्तर्राष्ट्रिय कारोबारमा ब्रेन्ट क्रुडको मूल्य करिब ९ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ७९.४२ डलर पुगेको छ। अमेरिकी कच्चा तेल पनि ८.६ प्रतिशतले बढेर ७२.६१ डलरमा कारोबार भएको छ। त्यस्तै सुनको मूल्य १.४ प्रतिशतले बढेर प्रति औंस ५,३५० डलर पुगेको छ।

इरान माथि अमेरिका र इजरायल ले सैन्य कारबाही तीव्र पारेपछि क्षेत्रीय युद्धको जोखिम थप बढेको हो। जवाफमा इरानले विभिन्न स्थानमा मिसाइल प्रहार गरेपछि छिमेकी राष्ट्रहरू समेत तनावमा तानिने संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले द्वन्द्व केही हप्ता लम्बिन सक्ने संकेत दिएका छन्।

हर्मुज जलडमरूमध्यमा चासो
विश्व तेल व्यापारको करिब पाँचौँ हिस्सा ओगट्ने इस्ट्रिट अफ हर्मुज अहिले सबैको नजरमा परेको छ। पूर्ण रूपमा बन्द नभए पनि आक्रमणको त्रास र बीमा अभावका कारण तेल बोकेका ट्याङ्करहरू प्रभावित भएका छन्। विश्लेषकहरूका अनुसार दैनिक झन्डै १५ मिलियन ब्यारेल तेल आपूर्तिमा अवरोध आएको छ।
यदि तनाव तत्काल कम नभए तेलको मूल्य अझै उकालो लाग्ने अनुमान गरिएको छ, जसको प्रत्यक्ष असर विश्वव्यापी महँगी र उपभोक्ताको क्रयशक्तिमा पर्ने देखिन्छ।

सेयर र मुद्रा बजारमा पनि प्रभाव
तेलमा निर्भर अर्थतन्त्रहरूमा दबाब देखिएको छ। पालश्रिटका प्रमुख सूचकहरू ओरालो लागेका छन् भने जापानको शेयर बजार पनि घटेको छ। मुद्रा बजारमा अमेरिकी डलरको तुलनामा स्वीस फ्रान्क मजबुत देखिएको छ भने जापानी येन र अस्ट्रेलियन डलर कमजोर बनेका छन्।

यसैबीच बेलायतस्थित मोर्टगेज ऋणदाता संस्था एमएफएसको पतनले बैंकिङ क्षेत्रमा थप असुरक्षाको संकेत दिएको छ। यस घटनाले लगानीकर्ताहरूलाई जोखिमयुक्त सम्पत्तिबाट हटेर सुरक्षित सरकारी बण्डतर्फ मोडिन प्रेरित गरेको विश्लेषण गरिएको छ।

मध्यपूर्वको अस्थिरता तत्काल शान्त नहुने संकेत देखिएकाले विश्व बजार अझै केही समय अनिश्चितताको चक्रमा रहने आकलन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय