बैतडी/ बैतडीमा चलिरहेको बसबाट खस्दा एक वृद्धको मृत्यु भएको छ।
दशरथचन्द नगरपालिका–१ गुरुखोला स्थित दशरथचन्द राजमार्गमा महेन्द्रनगरबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०१७ नम्बरको बसको ढोकाबाट खस्दा दशरथचन्द नगरपालिका–४ त्रिपुरा निवासी ६५ वर्षीय पदमराज भट्ट गम्भीर घाइते भएका थिए।
घाइते भट्टलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनापछि बस र चालक पाटन नगरपालिका–८ हरिचनका ३२ वर्षीय दशरथ महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











