डडेल्धुरा,
डडेल्धुरा प्रहरीले नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
अमरगढी नगरपालिका–११ का २९ वर्षीय सुरेश सार्कीलाई सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
१५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।











