कैलाली /कैलालीको भजनी नगरपालिका–७ चर्रा गाउँमा घरआँगनमै खेलिरहेका एक बालकको नालामा खसेर ज्यान गएको छ।
स्थानीय बिपत राम कठरियाका १८ महिनाका छोरा अमन कठरिया सोमबार साँझ खेल्ने क्रममा घर नजिकैको नालामा जमेको पानीमा खसेका थिए। घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको थियो।
उपचारकै क्रममा बालक अमनको मृत्यु भएको प्रहरीले जनाएको छ।
अप्रत्याशित घटनापछि परिवारसहित स्थानीय क्षेत्रमा शोक छाएको छ। प्रहरीले बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन अभिभावकलाई सचेत रहन आग्रह गरेको छ।











