बैतडी — बैतडीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पञ्चेश्वर गाउँपालिका–४ चौडालीस्थित भित्री कच्ची सडक खण्डमा २६ वर्षीय तेजबहादुर चन्दको शव फेला परेको हो।
मृतक चन्द पञ्चेश्वर गाउँपालिका–१ सुन्तोराका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ। उनी बुधबार सडक छेउमा मृत अवस्थामा भेटिएको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।











