युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली/कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा प्रहरीले लागूऔषधविरुद्धको अभियान तीव्र बनाउँदै खैरो हेरोइन र चरेशसहित ६ जनालाई पक्राउ गरेको छ।

कैलालीको जानकी गाउँपालिका–५ घर भई हाल लम्कीचुहा नगरपालिका–३ व्यवस्थितनगरमा डेरा गरी बस्दै आएका २८ वर्षीय सुनिल कुमार चौधरी लागूऔषधसहित पक्राउ परेका छन्। चौधरीको कोठामा गरिएको खानतलासीका क्रममा ८ ग्राम ५८० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय लम्की र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

यस्तै, कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ हल्दुघाटमा गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले ७२ वर्षीय चन्द्र चन्दलाई चरेशसहित पक्राउ गरेको छ। उनले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा १८ ग्राम ८१० मिलिग्राम चरेश फेला परेको प्रहरीले जनाएको छ।

यसैगरी कञ्चनपुरकै लालझाडी गाउँपालिका–२ कञ्जबाट २८ वर्षीय छोट राम डगौरालाई २६० मिलिग्राम खैरो हेरोइनसहित आइतबार पक्राउ गरिएको छ। उनलाई इलाका प्रहरी कार्यालय बेलौरी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

त्यसैदिन पुनर्वास नगरपालिका–५ दोदापुल क्षेत्रमा सवारी चेकजाँचका क्रममा खैरो हेरोइनसहित थप तीन जना पक्राउ परेका छन्। बेलौरीबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ह १९५० नम्बरको अटो जाँच गर्दा अटो चालक पुनर्वास नगरपालिका–१० का २२ वर्षीय रोसन सिंह साउद, अटोमा सवार पुनर्वास नगरपालिका–११ का २० वर्षीय कैलाश खत्री र धनगढी उपमहानगरपालिका–२ का १८ वर्षीय किशोर खैरो हेरोइनसहित फेला परेका हुन्। उनीहरूको साथबाट १५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय