युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ, मंसिर-२७ राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटको फाइनल खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने उपाधि भिडन्तमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सिधै फाइनल यात्रा तय गरेको थियो। कप्तान दिपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रतियोगिताको सुरुदेखि नै सन्तुलित र स्थिर प्रदर्शन गर्दै आएको टोलीका रूपमा चिनिएको छ।

यता, लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले हराउँदै फाइनलको टिकट काटेको हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भए पनि विराटनगरले दोस्रो अवसर पाएको थियो, तर लुम्बिनीको उत्कृष्ट बलिङसामु टिक्न सकेन।

गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछ। उता, रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी गत सिजन लिग चरणमै बाहिरिएको टोली हो, तर यस संस्करणमा शानदार पुनरागमन गर्दै पहिलोपटक उपाधि नजिक पुगेको छ।

लिग चरणमा यी दुईबीच भएको भिडन्तमा सुदूरपश्चिमले ७ विकेटको सहज जित निकालेको थियो। त्यसैले फाइनलमा लुम्बिनी बदला लिने अवसरको खोजीमा रहनेछ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए। प्रतियोगिताको विजेताले १ करोड १० लाख रुपैयाँ, उपविजेताले ५१ लाख, तेस्रोले २५ लाख र चौथो टोलीले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा सन्तुलित देखिएको छ। लिग चरणमा उसले काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स र चितवन राइनोजमाथि प्रभावशाली जित निकालेको थियो।

लुम्बिनीले भने प्रतियोगिताको मध्यभागमा टिम संयोजन र विदेशी खेलाडीमा परिवर्तन गरेपछि आफ्नो लय फेला पारेको देखिन्छ। मध्यक्रमको ब्याटिङ क्रमशः मजबुत बन्दै गएको छ भने बलिङ आक्रमणले विपक्षीलाई दबाबमा राख्न सफल भएको छ।

यसरी, आजको फाइनल सुदूरपश्चिमको स्थिर र समग्र टोली क्षमताको सामना लुम्बिनीको पुनरागमनपछि देखिएको आत्मविश्वासी खेलसँग हुनेछ। दुवै टोलीको रणनीति र खेलाडीको प्रदर्शनले एनपिएलको फाइनल खेललाई दर्शकका लागि अत्यन्तै रोमाञ्चक र निर्णायक बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय