युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला
डाेटी, मंसिर २४
त्रिभुवन विश्वविद्यालयका निवर्तमान स्ववियु सभापति श्यामराज ओझा डोटीबाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने चर्चा तीव्र हुँदै गएको छ।

नेपाली काँग्रेसले हालै जिल्लाबाट आकांक्षीहरूको नाम संकलन गरी केन्द्रमा सिफारिस पठाउने क्रममा ओझाको नाम समेत समावेश भएपछि उनी डोटी राजनीतिमा नयाँ सम्भावनाका रूपमा हेरिन थालेका छन्।

नेविसङ्घ हुँदै विद्यार्थी राजनीति र नेतृत्वको केन्द्रमा उभिएका बाैद्विक नेता ओझा त्रिवि स्ववियु निर्वाचन २०७९ मा भारी मतसहित सभापतिमा विजयी बनेपछि राष्ट्रिय राजनीतिमा युवा पुस्ताको प्रतिनिधि पात्रका रूपमा स्थापित भएका थिए।

ओझा आफ्नो स्ववियु कार्यकाल अवधिभर विभिन्न विद्यार्थीमैत्रीपूर्ण कार्यक्रम गर्दै चर्चा परिचर्चा बटुल्दै आएका विद्यार्थी नेता हुन् ।
विगतमा पनि विद्यार्थी हितका मुद्दा उठाउँदै, विश्वविद्यालय सुधारका कार्यक्रम अघि बढाउँदै र सूचना प्रविधिमा आधारित कार्यक्रम, सेमिनार तथा खेलकुद जस्ता गतिविधि सञ्चालन गरेर उनले आफ्नो कार्यकालमा उल्लेखनीय पहिचान बटुल्न सफल पात्र हुन् ।

भदौ २३ र २४ गते जेन–जेड पुस्ताले देखाएको सक्रियता तथा युवापुस्ताको राजनीतिक सहभागिताप्रतिको चासोलाई मध्यनजर गर्दै कांग्रेस डोटीले पनि ओझालाई सम्भावित उम्मेदवारको दायरामा समेटेको छ। यससँगै डोटीमा अब युवा पुस्ताबाट नयाँ नेतृत्व उदाउने अपेक्षा बलियो बन्दै गएको छ।

यद्यपि अन्तिम निर्णय केन्द्रले गर्ने भए पनि ओझाको सिफारिस तथा जनस्तरमा बढ्दो चर्चा डोटीमा नयाँ राजनीतिक समीकरणको संकेतका रूपमा हेरिएको छ।

यसरी लागेकाे थियाे, ओझाकाे राजनीतिक यात्रा उकालो 

स्ववियु निर्वाचन पुनर्स्थापना २०७९ चैत ५ मा त्रिविको केन्द्रीय क्याम्पस (कीर्तिपुर) मा स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न भयो। १४ वर्षपछि हुने उक्त निर्वाचनमा विद्यार्थीले त्यस दिन मतदान गरेका थिए — र २१ सदस्यीय स्ववियु समिति निर्वाचित भयो। त्यस दिनको मतगणना अनुसार ओझाले ९६२ मत पाउँदै विजयी भएका थिए।

ओझाकै सभापतिमा भएका प्रशंसनीय कामहरू

शैक्षिक सुधार र विश्वविद्यालय प्रशासनमा हस्तक्षेपमा ओझा नेतृत्वको स्ववियुले विश्वविद्यालय व्यवस्थापनमा चासो दिँदै, राजनीतिक भागबन्डा र दवाव व्यवस्थालाई अन्त्य गर्ने , तथा विश्वविद्यालयलाई सामाजिक–शैक्षिक आवश्यकताहरुअनुसार चलाउने लक्ष्य राखे,जुन कार्यमा सफल पनि भए । उनले विश्वविद्यालयले पटक–पटक विषयगत निर्णय र नियुक्तिमा पार्टीका आधारमा होइन, योग्यताका आधारमा नियुक्ति गर्नुपर्ने जिकिर पनि गरेका थिए।

त्यस्तै परीक्षा प्रणाली, क्यालेन्डर र छात्र हित अभियान
त्रिविमा दीर्घकालदेखि चलेको परीक्षा ढिला, परिणाम–प्रमाणपत्र कर्मचारी जारी नहुनु, अक्षमतापूर्ण संचालन आदि कुरा सार्वजनिक रूपमा उठाएका थिए । विश्वविद्यालय क्यालेन्डर अनुसार नियमित पढाइ–पढाउने व्यवस्था, परीक्षा आयोजन तथा प्रमाणपत्र जारीमा समयमा सुधार ल्याउन तथा व्यवस्थागत सुधारका लागि दबाब दिने काम उनले गरेका थिए।

स्वास्थ्यकर भोजन र साधारण सेवा सुधारमा विश्वविद्यालय क्याम्पसका क्यान्टिन तथा छात्रावासमा छात्र–छात्राहरूको लागि खाना गुणस्तर तथा स्वास्थ्य/स्वच्छता अनुगमन साथै, विश्वविद्यालय परिसरमा विद्यार्थी–सुविधा पुस्तकालय, खानेपानी लगायत सुधार तथा आवश्यक दायाँवायाँ काम गर्न पहल गरिएका कार्य जुन निकै प्रसंशनीय छन् ।

पदाधिकारीहरुलाई धम्की / असुरक्षा मुद्दामा आवाज उठाएको
विश्वविद्यालयका पदाधिकारी तथा प्राध्यापकहरूलाई यदि सुरक्षा धम्की वा दवाव आएको छ भने त्यसको प्रमाण देखाउन, र सुरक्षित, स्वतन्त्र वातावरणमा अध्ययन तथा अध्यापन सुनिश्चित गराउन आग्रह गर्थे ।

त्यस्तै सिनेट तथा विश्वविद्यालय व्यवस्था सुधारको लागि सक्रियतामा स्ववियु सभापति भएर मात्र नभएर, उनी त्रिविको सिनेट सदस्य समेत बनेका कारण त्यसपछि विश्वविद्यालय व्यवस्थापन, कानुन, नीति र प्रशासन सुधारका लागि — बजेट पारदर्शिता, नीतिगत सुधार, सुशासन, विद्यार्थी-केंद्रित व्यवस्थापन लगायत मुद्दाहरुमा सक्रिय रहेका थिए।

विद्यार्थीहरूमाझ पहुँच र लोकतान्त्रिक आवाज फर्काउने उद्देश्यले
लामो समयदेखि “स्ववियु इग्जिटेन्श” नहुँदा विद्यार्थीहरुको आवाज दबिँदै आएको थियो। ओझाको सभापतिमा पुनः विद्यार्थी युनियनको निर्वाचन भयो, जसले विद्यार्थीहरुका समस्याहरु, सुझाव, आवाज सुनिने माध्यम सिर्जना गर्यो। जसकाे कारण ओझा दिनप्रतिदिन विश्वविद्यालय चर्चा बटुल्दै गए ।

सार्वजनिक रुपमा उपलब्धि र अगामी योजना सार्वजनिक
आफ्नो कार्यकालको एक वर्ष पूरा भएपछि उनले पत्रकार सम्मेलन मार्फत १४ वटा उपलब्धिहरु र भविष्यका योजना सार्वजनिक गरेका थिए।

विश्वविद्यालयकाे कार्यकाल छाेटाे दिर्घकालिन उपलब्धि

ओझाले उक्त समयमा विद्यार्थीहरुलाई २४ सै घण्टा पुस्तकालय खुलादेखि दैनिक ३ लाख लिटर निःशुल्क पानी उपलब्ध गराउनेसम्मको सम्झौता विश्वविद्यालर्यसम्म गरेकाे पाइन्छ ।

ओझाले विश्वविद्यालयको २४ रोपनी जग्गामा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले विनासम्झौता प्रयोग गर्दै आएकोमा निश्चित समयावधि तोकेर विश्वविद्यालयलाई दैनिक ३ लाख लिटर निःशुल्क पानी उपलब्ध गराउने तत्कालीन समयमा सम्झौता समेत गरेका थिए ।

त्यस्तै केन्द्रीय पुस्तकालय (अध्ययन कक्ष)लाई २४ घण्टा खुला रहने गरी व्यवस्था मिलाइएको थियाे । शनिबार पनि बिहान १० देखि बेलुका ५ बजेसम्म पुस्तकालय खुला रहने पहल समेत गरेकाे पाइन्छ । जुन कार्य आजसम्म पनि लागू छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय